आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एफडी मोर्टर्स र कुमारी बैंकबीच कर्जासम्बन्धी सम्झौता

मङ्गलबार, १६ साउन २०८०, १८ : ०२
मङ्गलबार, १६ साउन २०८०

काठमाडौँ । ग्रन्थ इलेक्ट्रिक भेहिकल प्रा.लि (एफडी मोर्टर्स) र कुमारी बैंक ली. बीच एफडी मोर्टर्स ब्राण्डका इलेक्ट्रिक स्कुटरहरू किन्न चाहने ग्राहकहरूलाई सरल र सहज रूपमा कर्जा उपलब्ध गराउने सम्झौता भएको छ । 

दुई पक्षबीच क्रेडिट कार्ड मार्फत शून्य प्रतिशत ब्याज दरमा रु. ३,००,००० (अक्षरुपी रु. तीन लाख) सम्म डाउन पेमेन्ट बिना नै कर्जा उपलब्ध गराउने गरी सम्झौता भएको हो । जस अन्तर्गत कुनै पनि ग्राहकहरूले कुमारी बैंक ली. वा एफडी मोर्टर्सका सोरुमहरुमा गई आवश्यक पर्ने कागजात दिएर १२ महिना देखी १८ महिना सम्मको किस्ता तिरेर इलेक्ट्रिक स्कुटरहरू खरिद गर्न सक्नेछन् । यदि कुनै पनि ग्राहकले कर्जा को भुक्तानी अग्रिम रूपमा गर्न चाहेमा बिना शुल्क भुक्तानी गर्न सक्ने छन् । 

एफडी मोर्टर्स ले हाल दुई ओटा मोडेल को इलेक्ट्रिक स्कुटर बिक्री गर्दै आएको छ । जसमा एफ फाइब को मूल्य रु. २,६१,९९९ र एफ फाइब ए को मूल्य रु. २,९७,९९९ रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप