अर्थ
ह्वात्तै घट्यो एलपी ग्यासको मूल्य, अब कति पर्छ ?
मङ्गलबार, १६ साउन २०८०, २१ : १४
काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्य ह्वात्तै घटाएको छ । आज राती १२ बजेदेखि लागू हुने गरेर निगमले एलपी ग्यासको मूल्य प्रति सिलिन्डर १३० रुपैयाँले घटाएको हो ।
निगमले पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गरेपछि एलली ग्यासमा नाफा नखाने नीति लिएको छ । अन्य पेट्रोलियम पदार्थमा नाफा लिने भएपनी एलपी ग्यासमा नाफा नलिने नीति लिएको प्रबन्ध निर्देशक उमेशप्रसाद थानीले बताए ।
यससँगै अब एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १६६० रुपैयाँ पर्ने भएको छ । यसअघि एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १७९० रुपैयाँ थियो ।