सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
कलाकारहरूले प्रहरी कार्यालय घेरेपछि तनाव, २८ जना पक्राउ (तस्बिरहरू)
अधिवक्ताको अभिव्यक्ति प्रकरण

कलाकारहरूले प्रहरी कार्यालय घेरेपछि तनाव, २८ जना पक्राउ (तस्बिरहरू)

अधिवक्ता पाण्डेलाई पक्राउ गर्न माग
बुधबार, १७ साउन २०८०

काठमाडौँ । अधिवक्ता भगवती पाण्डेलाई पक्राउ गर्न माग गर्दै प्रहरी कार्यालय घेराउ गर्न पुगेका तामाङ र मगर समुदायका सम्बद्ध कलाकारसहितका २८ जना प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ ।

 पक्राउ पर्नेमा ६ जना महिलासहित २८ जना रहेको टेकुस्थित जिल्ला प्रहरी परिसर काठमाडौँका डीएसपी अनिल अधिकारीले जानकारी दिए । 

अधिवक्ता पाण्डेले तामाङ समुदायलाई होच्याएर अभिव्यक्ति दिएको भन्दै नेपाल तामाङ घेदुङका तर्फबात कुमारसिंह घिसिङ र नेपाल मगर संघका ज्ञानेन्द्र पुनले जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी दिएका थिए ।

यही क्रममा आन्दोलन गर्न पुगेका तामाङ कलाकारहरूले  परिसरको कार्यालय घेरेपछि स्थिति तनावग्रस्त बनेको थियो । 

प्रहरीले अश्रुग्याँस पनि प्रहार गरेको जनाइएको छ । 

तस्बिरहरु : सुवास श्रेष्ठ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया