आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
केन्द्रीय समिति बैठक

यस्तो छ माओवादी नेताहरूको कार्यविभाजन प्रस्ताव

बुधबार, १७ साउन २०८०, १५ : ४५
बुधबार, १७ साउन २०८०

काठमाडौं । नेकपा माओवादी केन्द्रले नेताहरूको कार्यविभाजन गर्ने भएको छ । बुधबारबाट काठमाडौँमा सुरु भएको केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक सांगठानिक प्रतिवेदनमा केन्द्रीय कमिटीका सबै नेताहरूको कार्यविभाजन प्रस्ताव गरिएको हो । 

‘पार्टी केन्द्रीय अध्यक्षदेखि केन्द्रीय सदस्यसम्मको कार्यविभाजनको मोडालिटि प्रस्तावमा छ’, नेता गणेश साहले रातोपाटीसँग भने, ‘पार्टी अध्यक्षले समग्र पार्टीको हेण्डलिङ गर्ने भनिएको छ ।’

त्यस्तै उपाध्यक्षलाई ३२ विभागको जिम्मेवारी दिने, महासचिव र उपमहासचिवलाई : जनवर्गीय संगठनको जिम्मेवारी र सचिवहरुलाई प्रदेशको समन्वय गर्नेगरी अध्यक्षको प्रस्ताव छ ।  

साथै केन्द्रीय सदस्यहरुलाई केन्द्रदेखि वडातहसम्म समन्वय गर्ने र पार्टी संगठन सुदृढ गर्ने उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप