आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

खेलाडीको उपचारमा कल्याणकारी कोषबाट आर्थिक सहयोग

बुधबार, १७ साउन २०८०, १७ : ०९
बुधबार, १७ साउन २०८०

काठमाडौँ । खेलाडीहरुका सहयोग गर्ने उद्देश्यले स्थापित राष्ट्रिय खेलाडी कल्याणकारी कोषले विभिन्न रोगको उपचार गराइरहेका खेलाडीलाई उपचार खर्च प्रदान गरेको छ । कोषका अध्यक्षसमेत रहेका राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले उपचाररत विभिन्न तीनजना खेलाडीलाई उपचार खर्च उपलब्ध गराएका हुन् । 

सदस्यसचिव घिसिङले बुधबार खेलाडीको उपचारका लागि चेक बुधबार हस्तान्तरण गरे । उपचार रकम प्राप्त गर्ने खेलाडीमा टेवलटेनिसकी सेलिशा खड्गी, टेवलटेनिसका चन्दन शाही र एथलेटिक्सकी अञ्जु खड्का रहेका छन् । 

क्यान्सर रोगको उपचारमा रहेकी खड्गीका दाजुलाई दुई लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको हो । उनी भारतमा उपराचाररत छिन् । शारिरीक अस्वस्थताका कारण ट्रमा सेन्टर बीर अस्पतालमा उपचाररत चन्दन शाहीलाई एक लाख रुपैयाँको चेक हस्तान्तरण गरियो । यसैगरी स्कुटर दुर्घटनामा परेकी एथलेटिक्सकी अञ्जुलाई एक लाख रुपैयाँको चेक हस्तान्तरण गरियो । अञ्जु केएमसी हस्पिटलमा उपचाररत छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप