आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

शून्य बजेट भएकै कारण सेवा बन्द गर्ने विषय आपत्तिपूर्ण : कृषिमन्त्री भुसाल

बुधबार, १७ साउन २०८०, १८ : ४५
बुधबार, १७ साउन २०८०

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले शून्य बजेट भएकै कारण सेवा बन्द गर्ने कार्य आपत्तिपूर्ण रहेको बताएका छन् । पशु सेवा विभागले बुधबार राखेको वार्षिक समीक्षा गोष्ठीमा मन्त्री भुसालले जनतालाई दिने सेवा बन्द गर्नु आपत्तिपूर्ण रहेको बताए ।

मन्त्री भुसालले भने, ‘कतिपय कार्यालयले कलम र कागज किन्ने पैसा छैन भन्दै सेवा नै बन्द गरेछन् । यहाँभन्दा गैरजिम्मेवारीपन अर्को हुन सक्दैन् ।’

मन्त्री भुसालले शून्य बजेटलाई खुलाउने प्रयास भइरहेको भन्दै यसमा थप चिन्तित नहुन आग्रह गरे । जनताको सेवालाई प्रभावकारी ढंगले अगाडि बढाउन निर्देशन दिँदै मन्त्री भुसालले समस्या राख्ने मात्र नभई समाधानको उपायसमेत खोज्नुपर्नेमा जोड दिए ।

मन्त्री भुसालले सेवा बन्द गर्ने कर्मचारीलाई कारबाही हुने चेतावनी दिए । कुन कार्यालयले सेवा बन्द गरेको हो त्यसको यथार्थ विवरण पेश गर्न पशु सेवा विभागलाई उनले निर्देशन समेत दिए ।

यस्तै मन्त्री भुसालले लम्पी स्किन रोगबाट प्रभावित भएका किसानलाई राहत दिने तयारी भइरहेको बताए । प्रधानमन्त्रीसँग यस विषयमा कुराकानी भएको र राहत दिने आधार, मापदण्ड र प्रक्रिया के कस्तो हुने तत्कालै पशु सेवा विभागलाई गृहकार्य गर्न निर्देशन दिए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप