आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

काठमाडौँ महानगरले २१ गतेदेखि कोरोनाविरुद्धको खोप अभियान चलाउने

बुधबार, १७ साउन २०८०, १९ : ०१
बुधबार, १७ साउन २०८०

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले साउन २१ देखि २४ गतेसम्म कोभिड–१९ विरुद्ध खोप अभियान चलाउने भएको छ । 

कोरोनाविरुद्ध खोप लगाउन छुटेका र बुस्टर डोज नलगाएकालाई लक्षित गर्दै काठमाडौँ महानगरले साउन २१ देखि २४ गतेसम्म खोप अभियान चलाउने भएको हो । 

१२ वर्षमाथिका सम्पूर्ण नागरिकलाई खोप लगाइनेछ । महानगरपालिकाका अनुसार वडा नम्बर ६, ११, १२, १४, १५,१७, १९, ३१ र ३२ नम्बर वडाभित्र खोप लगाइनेछ । यसअघि कोरोनाविरुद्धको खोप लगाउन छुटेका र बुस्टर डोज नलगाएका काठमाडौँमा बसोबास गर्ने सबैखाले नागरिकले खोप लगाउन सक्नेछन् ।  

जसअन्तर्गत वडा नम्बर ११ को त्रिपुरेश्वरस्थित विश्वनिकेतन विद्यालय, वडा नम्बर १७ को वडा कार्यालय, वडा नम्बर ३१ को सहरी स्वास्थ्य क्लिनिक भीमसेनगोला, वडा नम्बर १४ को सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र कुलेश्वर, वडा नम्बर ६ को वडा कार्यालय, वडा नम्बर १२ को कुमुदिनी मावि टेकु, वडा नम्बर ३२ को वडा कार्यालय र वडा नम्बर १५ को सामुदायिक स्वास्थ्य सेवा स्वयम्भूमा खोप अभियान सञ्चालन गरिनेछ । बुधवार स्वास्थ्य सेवा विभागमा भएको कोभिड–१९ विरुद्ध खोप सम्बन्धी कार्ययोजना गोष्ठीमा स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा.अभियान गौतमले अहिलेसम्म दोस्रो मात्रा ८८ प्रतिशतले लगाइसकेको जानकारी दिए । उनले बुस्टर डोजको पहिलो मात्रा ४३ प्रतिशत र चौथो मात्रा ६ प्रतिशतले लगाएको बताए । उनले खोप प्रवर्द्धनका लागि अन्य कार्ययोजना बनाएर अघि बढेको पनि बताए ।

गोष्ठीमा कोभिड १९ विरुद्ध प्रयोग भइरहेका खोपहरुबारे जानकारी गराइएको थियो । यस्तै, कोभिड १९ खोप योजना प्रस्तुत गरिएको थियो । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप