आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
केन्द्रीय समिति बैठक

माओवादी बैठक : बालुवाटारमा नवयुवराज र युवराज्ञीहरुको दबदबा देखियो !

बुधबार, १७ साउन २०८०, १९ : ००
बुधबार, १७ साउन २०८०

काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा प्रधानमन्त्री निवास बालुवाटारमा नवयुवराज र युवराज्ञीहरुको दबदबा भएको भन्दै कटाक्ष भएको छ । 

बुधबारदेखि राजधानीको प्रज्ञा भवनमा सुरु भएको केन्द्रीय समितिको बैठकमा बोल्ने क्रममा एक केन्द्रीय सदस्यले बालुवाटार नयाँ सामन्तवादको किल्ला भन्दै कटाक्ष गरेका हुन् । 

केन्द्रीय सदस्य लक्ष्मण पन्तले गणतन्त्र आएपछि नारायणहिटी दरबारको ठाउँमा बालुवाटार सामन्तवादको नयाँ किल्लामा परिणत दाबी गरे  । 

बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि टिप्पणी गर्दै पन्तले आफन्तलाई सचिवालयमा राख्न नहुनेमा समेत जोड दिए ।   

एक केन्द्रीय सदस्यका अनुसार पन्तले ‘प्रचण्ड'को निजी सहायक दाहाल हुनु र नारायणकाजी श्रेष्ठको निजी सहायक सुरेशकाजी श्रेष्ठ हुनु संयोगमात्र नभएको बताएका थिए । 

उनले यसै बैठकले नेताहरुका परिवारका सदस्यलाई निजी वा स्वकीय सचिवमा नराख्ने निर्णय गर्नसमेत बैठक समक्ष माग गरे ।

उनले नायब सुब्बासम्मको सरुवामा नेताका परिवारका सदस्यहरुको रुचि रहने गरेको सुन्नमा आएको पनि बताए । 

पन्तले आगामी चारदेखि छ महिनाभित्र  पार्टी महाधिवेशन बोलाएर अध्यक्षसहित सिङ्गो केन्द्रीय समिति चुनिनु पर्ने  माग पनि बैठकमा गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप