प्राइम बैंकको प्रमुख कार्यकारी अधिकृतमा मानन्धर
बुधबार, १७ साउन २०८०, २२ : ०७
काठमाडौँ । प्राइम कमर्सियल बैंकको सञ्चालक समितिको बैठकले बैंकको प्रमुख कार्यकारी अधिकृतमा सञ्जीव मानन्धरलाई कायममुकायम प्रमुख कार्यकारी अधिकृतको रूपमा नियुक्त गरेको छ ।
मानन्धर स्थापनाकालदेखि नै यस बैंकमा महाप्रबन्धकका रूपमा कार्यरत थिए । उनको बैंकिङ क्षेत्रमा २३ वर्षभन्दा लामो अनुभव छ ।
तत्कालीन नेपाल इन्भेष्टमेण्ट बैंक लि।बाट बैंकिङ क्यारियर सुरु गरेका चार्टर्ड एकाउन्टेन्ट मानन्धरले राष्ट्रिय वाणिज्य बैंक लि।को विदेशी व्यवस्थापनसँग आबद्ध रही कार्य गरिसकेका छन्