आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

संघीय शिक्षा ऐनको विरुद्धमा सडक आन्दोलन गर्ने राहत शिक्षकहरूको घोषणा

बुधबार, १७ साउन २०८०, २२ : ५४
बुधबार, १७ साउन २०८०

काठमाडौँ । संघीय शिक्षा ऐनको मस्यौदामा आफूहरूमाथि विभेद गरिएको भन्दै राहत शिक्षकहरूले सडक आन्दोलन गर्ने घोषणा गरेका छन् । आज भरखरै सम्पन्न नेपाल राहत शिक्षक आन्दोलन परिचालन समितिको बैठकले सशक्त सडक आन्दोलन गर्ने निर्णय गरेको हो। 

समितिका अध्यक्ष खेमराज अधिकारीको अध्यक्षतामा बसेको बैठकले साउन १८ गते स्पेसल टास्क फोर्सका सम्पूर्ण सदस्यलाई काठमाडौँ बोलाउने निर्णय गरेको छ। त्यस्तै साउन २० गते नेपाल राहत शिक्षक केन्द्रीय समितिको पूर्ण बैठक बोलाइएको छ। 

ऐनको मस्यौदा अध्ययन गर्दा राहत शिक्षकहरूका माग र विभिन्न समयमा भएका सम्झौता र सहमति विपरीत पेसाको स्थायित्वको सवालमा चरम विभेद गरेको उनीहरूको आरोप छ। 

मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले ऐनको मस्यौदा संसदमा पेस गर्ने निर्णय गरेको थियो। 

teacher

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप