आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नारायणी नदीमा हाम फालेकी महिलाको उपचारका क्रममा मृत्यु

बिहीबार, १८ साउन २०८०, ०९ : ५९
बिहीबार, १८ साउन २०८०

चितवन । चितवनको नारायणी नदीमा हाम फालेकी महिलाको उपचारका क्रममा मृत्यु भएको छ । नारायणी पुलबाट नदीमा हाम फालेकी महिलाको चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए । 

उनका अनुसार अन्दाजी ४५ वर्षीय महिलालाई नदीमा हम्फालेको र उनको अचेत अवस्थामा प्रहरीले उद्धार गरेको थियो । उद्धार लगत्तै उपचारका लागि अस्पताल पुर्याउदा चिकित्सकले महिलालाई मृत घोषणा गरेका थिए ।

महिलाको बिहान ८ः३६ बजेको समयमा अस्पतालमा मृत्यु भएको उनले बताए । बिहीबार बिहान करिब ७ः४० बजेको समयमा भरतपुर महानगरपालिका–३ स्थित नारायणी पुलबाट ती महिला नदीमा हाम फालेकी थिइन् । 

वडा प्रहरी कार्यालय नारायणगढ र प्रहरीको विपद् व्यवस्थापनका लागि नदी किनारमा तैनाथ टोलीले महिला हाम फालेको देखेर उद्धार गरी अस्पताल पुर्‍याएको र उक्त कार्यमा लागेको १५ मिनेट समय अवधिमा महिलाको मृत्यु भएको प्रहरी उपरीक्षक कार्कीले बताए । मृत महिलाको हाल नाम थर खुल्न सकेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप