आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेसनल हाइड्रोपावरको ५० प्रतिशत हकप्रद भर्ने आज अन्तिम दिन

बिहीबार, १८ साउन २०८०, ११ : ०१
बिहीबार, १८ साउन २०८०

काठमाडौँ। नेसनल हाइड्रोपावरको ५०% हकप्रद सेयर बिक्री गर्ने आज (साउन १८ गते) अन्तिम दिन हो । 

आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । कम्पनीले असार २९ गतेबाट ८२ लाख २१ हजार ४५९.७१७८ कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको हो ।  

यस हकप्रदमा जेठ ३२ गतेसम्म कायम रहेका लगानीकर्ताले मात्र आवेदन दिन सक्नेछन् । यो हकप्रद सेयरलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले इक्रा एनपी डबल बी प्लस रेटिङ्ग प्रदान गरेको छ । यसले वित्तीय दायित्व पुरा गर्ने क्षमता मध्यम जोखिम अवस्थामा रहेको संकेत गर्दछ ।  

यसमा मुक्तिनाथ क्यापिटलले यसमा बिक्री प्रबन्धकको काम गरेको छ । मुक्तिनाथ क्यापिटल र मुक्तिनाथ विकास बैंकको इटहरी, पोखरा नागढुंगा, नारायणगढ, सुर्खेत, नेपालगञ्ज, धनगढी, विराटनगर, जनकपुर र लमजुङ्ग शाख कार्यालयबाट यसमा आवेदन दिन सकिन्छ । 

धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत पनि आवेदन दिन सकिनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप