आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अपर लोहोरे खोलाको १९ लाख ५३ हजार कित्ता आईपीओ खुल्यो

बिहीबार, १८ साउन २०८०, ११ : १८
बिहीबार, १८ साउन २०८०

काठमाडौं । अपर लोहोरे खोला हाइड्रोपावर कम्पनीको प्राथमिक सेयर (आईपीओ) आजदेखि सर्वसाधारणका लागि बिक्री खुला भएको छ । कम्पनीले बिहीबारदेखि सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित १९ लाख ५३ हजार २७९ कित्ता आईपीओ बिक्री खुला गरेको हो । 

इच्छुक खरिदकर्ताले साउन २२ गतेसम्म कम्पनीको आईपीओका लागि आवेदन दिन सक्छन् । कम्पनीले ३९ हजार ७६५ कित्ता सेयर कर्मचारी र ९९ हजार ४१२ कित्ता म्युचुअल फण्डहरुलाई पनि छुट्याएको छ ।

कम्पनीको जारी पुँजी ५० करोड ९८ लाख रुपैयाँ छ । जसमध्ये ४९ प्रतिशत अर्थात् २४ लाख ९८ हजार ४० कित्ता आईपीओ निष्कासन गरेको हो ।

यसअघि स्थानीय र वैदेशिक रोजगारीमा गएकाहरुलाई कम्पनीले आइपीओ निष्काशनसँगै बाँडफाँट समेत गरिसकेको छ ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि बढीमा २५ हजार कित्तासम्म आइपीओमा आवेदन दिन सक्नेछन् । 

कम्पनीले ९४ करोड ७२ लाख रुपैयाँ अनुमानित लागतमा माथिल्लो लोहोरे खोलामा ४ मेगावाटको जलविद्युत उत्पादन गर्दैछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप