आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘रावायण’ मा अनमोलको जोडी बन्दै नीति

बिहीबार, १८ साउन २०८०, १५ : ०८
बिहीबार, १८ साउन २०८०

काठमाडौँ । फिल्म ‘रावायण’ मा अभिनेत्रीको रुपमा नीति शाह जोडिएकी छन् । 

सुदर्शन थापाको निर्देशनमा बन्न लागेको फिल्ममा मुख्य अभिनेत्रीको रुपमा नीति जोडिएकी हुन् । फिल्ममा नीति अनमोलको जोडीको रुपमा देखिनेछिन् ।

फिल्ममा अभिनयका विषयमा नीतिले फिल्म प्रोडक्सन  सुदर्शन थापासँग सम्झौता समेत गरिसकेकी छन् । जसको जानकारी निर्माता सुप्रिया कट्वालले सामाजिक संजालमार्फत गराएकी छन् ।

फिल्मको छायांकन भदौदेखि हुनेछ । नीतिले यसै फिल्मबाट अभिनेत्रीको रुपमा डेब्यु गर्न लागेकी हुन् । यसअघि उनी केही फिल्ममा जोडिए पनि फिल्म समयमा सुरु नहुँदा उनले फिल्ममा डेब्यु गर्न पाएकी थिइन् ।

फिल्मको प्राविधिक पक्ष र अन्य कलाकारको प्रेसमिट मार्फत जानकारी गराउने निर्माण युनिटले बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप