आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मोरक्को पहिलो सहभागितामै नकआउट चरणमा

बिहीबार, १८ साउन २०८०, १८ : ०२
बिहीबार, १८ साउन २०८०

काठमाडौँ । पहिलो सहभागितामै मोरक्को महिला विश्वकप फुटबल प्रतियोगिताको नकआउट चरणमा पुगेको छ । समूह ‘एच’ अन्तर्गतको बिहीबार खेलिएको महत्वपूणर् खेलमा कोलम्बियालाई १- ० गोलले हराउँदै मोरक्को प्रिक्वार्टरफाइनलमा पुगेको हो । 

मोरक्कोले पहिलो हाफको इन्जुरी समयमा निर्णायक गोल गरेको थियो । मोरक्कोका लागि अनिसा लहमारीले गोल गरिन् । मोरक्को आफ्नो समूहमा दोस्रो हुँदै नकआउट चरणमा पुगेको हो । मोरक्कोले तीन खेलबाट ६ अंक बटुल्यो । 

मोरक्कोसँग पराजित भए पनि कोलम्बिया नकआउट चरणमा पुग्न सफल भयो । कोलम्बिया तीन खेलबाट ६ अंक जोड्दै समूह विजेताका रुपमा प्रिक्वार्टरफाइनलमा पुगेको हो ।

तीन खेलबाट चार अंक जोडेको जर्मनी र एक अंक बटुलेको दक्षिण कोरिया भने समूहगत चरणबाट घर फर्किए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप