आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

राष्ट्रिय स्क्वास प्रतियोगिता हुँदै

बिहीबार, १८ साउन २०८०, १८ : १५
बिहीबार, १८ साउन २०८०

काठमाडौँ । पाँचौं धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिता साउनको अन्तिम साता हुने भएको छ ।  

नेपाल स्क्वास र्‍याकेट संघको आयोजनामा आगामी साउन २१ देखि २७ गतेसम्म उक्त प्रतियोगिता हुन लागेको हो । 

उक्त प्रतियोगिताका खेलहरू सातदोबाटोस्थित आयोजक नेपाल स्क्वास र्‍याकेट संघको भवनमा हुनेछ । बिहीबार आयोजित पत्रकार सम्मेलनमा उक्त प्रतियोगिता इभेन्ट म्यानेजमेण्ट ललितपुर र प्याट्रियस इन्टरनेसनल प्रालिसँगको सहकार्यमा हुने आयोजकले जनाएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल ओलम्पिक कमिटी (एनओसी) बाट मान्यता प्राप्त यो प्रतियोगिताको मुख्य प्रायोजन धनलक्ष्मी फाउण्डेसनले गरेको छ ।

संघका निवर्तमान अध्यक्ष किशोर महर्जनकी स्वर्गीय आमा धनलक्ष्मीको सम्झनामा प्रतियोगिता हुन लागेको हो । यस प्रतियोगिताको लागि प्रायोजकबाट दुई लाख रुपैयाँ नगद पुरस्कारको व्यवस्था हुने र यो रकम नेपाली स्क्वासको घरेलु प्रतियोगितामा अहिलेसम्मकै सर्वाधिक रहेको आयोजकको भनाइ छ । 

प्रतियोगितामा देशभरबाट एक सयभन्दा बढी खेलाडीले प्रतिष्पर्धा गर्नेछन् । १५ जना अफिसियल यस प्रतियोगितामा सहभागी हुने आयोजकको भनाइ छ ।

प्रतियोगितामा खुला महिला÷पुरुष, पुरुष यु–१९, मास्टर खुला (पुरुष ५० तथा सो वर्षभन्दा माथि) र सेट च्याम्पियनसिप गरी पाँच विधा समावेश गरिएको छ । खुला महिला÷पुरुष दुवै तर्पmका शीर्ष तीन स्थान प्राप्त गर्नेले क्रमशः २० हजार, १५ हजार र ५/५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । यु–१९ मा शीर्ष तीन स्थान प्राप्त गर्नेले क्रमशः ११ हजार, ६ हजार र ३/३ हजार प्रदान गरिनेछ ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप