आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कांग्रेसद्वारा डेंगी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण

बिहीबार, १८ साउन २०८०, १८ : ४१
बिहीबार, १८ साउन २०८०

काठमाडौँ  । नेपाली कांग्रेसले डेंगी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएको छ।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिहीबार विज्ञप्ति जारी गर्दै डेंगी नियन्त्रण गर्न ध्यानाकर्षण गराएका हुन् ।

‘कोशी प्रदेशको धरान र आसपासका क्षेत्रमा डेंगीले धेरै जनाको मृत्यु भइसकेको छ । धेरै नागरिक सिकिस्त बिरामी छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘समाजमा यसको त्रास फैलिएको छ। बिरामीको उपचार गर्न, विशेष स्वास्थ्य रणनीतिका साथ महामारीलाई तत्काल नियन्त्रणमा लिन र दिगो तथा प्रभावकारी समाधान खोजी जनतामा स्वास्थ्य सुरक्षाको प्रत्याभूति गर्न नेपाली कांग्रेस सरकारको ध्यानाकर्षण गराउँदछ।’

साथै मानवीय सेवामा जुट्न पार्टीका सदस्यहरूलाई कांग्रेसले आग्रहसमेत गरेको छ।

c

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप