आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
केन्द्रीय समिति बैठक

माओवादी बैठकमा दोस्रो दिन ५६ जनाले राखे धारणा (सूचीसहित)

पार्टी एकताबद्ध संकल्पका साथ अगाडि बढ्नुपर्नेमा जोड
बिहीबार, १८ साउन २०८०, १९ : २७
बिहीबार, १८ साउन २०८०

काठमाडौँ । माओवादी केन्द्रको जारी केन्द्रीय समिति बैठकको दोस्रो दिन बिहीबार ५६ सदस्यले आ–आफ्नो धारणा राखेका छन् । 

अध्यक्ष प्रचण्डले बुधबार प्रस्तुत गरेको राजनैतिक एवम् संगठनात्मक प्रस्तावमाथि ५६ जना केन्द्रीय सदस्यले आ–आफ्नो धारणा राखेका हुन् । यसअघि बुधबार १८ जनाले आआफ्नो धारणा राखेका थिए । 

बैठक १० वर्षे जनयुद्ध, १९ दिने जनआन्दोलनलगायत मधेस आन्दोलन र विभिन्न आन्दोलन र संघर्षहरुमा शहादत गर्ने सहिदहरुप्रति १ मिनेट मौनधारण गरेर बुधबार राजधानीको प्रज्ञा भवनमा सुरु भएको थियो । 

बैठकमा प्रचण्डको प्रतिवेदनमाथि विचार राख्ने सबैजसो सदस्यहरूले अध्यक्षद्वारा प्रस्तुत प्रतिवेदनको मूल स्प्रीडको समर्थन गर्दै सामाजिक न्याय, सुशासन र समृद्धिका पक्षमा सरकारले लिएको पहल र पार्टी पुनर्निर्माणका पक्षमा आ–आफ्ना सुझावहरू प्रस्तुत गरेको प्रवक्ता कृष्ण बहादुर महराले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

प्रस्तावमाथि बिहीबार पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष तथा प्रवक्ता  महरासहित  झंकार साउद, लेखनाथ न्यौपाने, मणिकुमार साम्पाङ, ओमप्रकाश पुन, गोविन्द लोहार, नारायणकाजी श्रेष्ठ, केशवनाथ योगी, दीलिपकुमार प्रजापति, हितबहादुर तामाङ, माधव सापकोटा, हरिराज अधिकारी, शिवराम यादव, दीपेन्द्र पुन, हरिनारायण चौधरी, दीलिप साह, झकबहादुर मल्ल, विष्णुप्रसाद भट्ट, भीमकुमारी बुढामगर, रामदीप आचार्यले आफ्नो धारणा राखेका छन् । 

यस्तै  सुरेश आलेमगर, भगतबहादुर बडुवाल, कीर्तिबहादुर पुन, कृष्णबहादुर महरा, नगेन्द्र राई, प्रकाशहरि पोखरेल, डिपी ढकाल, कालीबहादुर मल्ल, नीलकण्ठ तिवारी, विशाल खड्का, आइपी खरेल, नरेन्द्र न्यौपाने, राजकाजी महर्जन, प्रकाश श्रेष्ठ, गगन पुरी, बिमला सुवेदी, सन्तोष विष्ट, टेकबहादुर बस्नेत, नरबहादुर विष्ट, दुर्गाकुमारी बिक, प्रह्लाद बुढाथोकी, लक्ष्मी पुन, शिवकुमार डाँगी, वीरबहादुर रावल, जगत सिम्खडा, विजय भण्डारी, दलजीत श्रीपाली, रणेन्द्र बराइली, विष्णु बिक, परशुराम रम्तेल, धनप्रसाद सापकोटा, टेकबहादुर बलम्पाकी, अनिलकिशोर घिमिरे, लोचन केसी, राजबहादुर बुढा, बिमल अधिकारी र गोम्बु शेर्पाले पनि आ–आफ्नो धारणा राखेका छन् । 

‘बैठकमा कमरेडहरुले पार्टी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित जनप्रिय काम गरिरहेको, भ्रष्टाचारको अन्त्य र सुशासन स्थापित गर्न सरकारले चालेको कदमले जनतामा नयाँ आशा र विश्वास जगाएको, पार्टीको ऐतिहासिक आठौँ महाधिवेशनले संश्लेषण गरेको राजनीतिक कार्यदिशा वैज्ञानिक र वस्तुनिष्ठ भएकाले सोहीअनुरूप पार्टी पुनर्निर्माणको कार्ययोजना निर्माण गरेर अगाडि बढ्नुपर्ने, पार्टी रूपान्तरण गर्दै समाजवादको आधार तयार पार्न सिंगो पार्टी एकताबद्ध संकल्पका साथ अगाडि बढ्नुपर्ने धारणा राख्नुभएको छ’, विज्ञप्तिमा भनिएको छ । 

बैठकमा सहभागीहरूले आफ्नो धारणा राख्ने क्रम जारी रहेको शुक्रबार बिहान ११ बजे पुनः बैठक बस्ने विज्ञप्तिमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप