आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

रास्वपाले गर्‍यो बझाङ जिल्ला संयोजक खड्काको निलम्बन फुकुवा

बिहीबार, १८ साउन २०८०, २० : ४०
बिहीबार, १८ साउन २०८०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका बाझङ जिल्ला संयोजक नगेन्द्र खड्कामाथि निलम्बन फुकुवा गरेको छ । पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बिहीबार कसेको केन्द्रीय समिति बैठकले खड्कामाथिको कारबाही फुकुवा गरेको महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले बताए ।

यसअघि रास्वपाले पत्रकारमाथि हातपात गरेको समाचार बाहिरिएपछि खड्कलाई पार्टी सदस्यताबाट निलम्बन गरिएको थियो । त्यसमा उनी दोषी नदेखिएको भन्दै कारबाही फुकुवा गरिएको ढकालले बताए । तर रुपन्देशी जिल्ला सयोजक दामोदर खत्रीलाई भने तीन महिना पार्टीबाट निलम्बन गर्न निर्णय गरेको छ । 'कुनै पनि पदीय जिम्मेवारी नरहने गरी निलम्बन गरिएको छ । यो तीन महिनामा खत्रीले पार्टीलाई गर्ने सहयोगबारे थप निर्णय हुने छ,' ढकालले भने । 

बैठकले केन्द्रीय अनुशासन आयोगको नियमावली पारित गरेको छ । नियमावली पारित भएसँगै पार्टी हित विपरित कार्य गर्नेका लागि अनुशासनको कारबाही गर्ने विधि तय भएको ढकालले जानकारी दिए ।

बैठकले पार्टी दस्तावेज तयार गर्नका लागि १७ जनाको टोलीलाई गाउँ पठाउने निर्णय गरेको छ । टोली १५ दिन जनता माझ गएर मतदाताको अपेक्षा बुझ्ने ढकालले जानकारी दिए ।

‘जनताले रास्वपालाई कस्तो दल देख्न चाहन्छन् ? त्यही बुझ्नका लागि गाउँ जान लागेका हौ,’ ढकालले भने । राजनीतिक दस्तावेज तयार गर्न गाउँ जाने टोलीको खर्च पार्टीले बेहोर्ने भएको छ । यस्तै रास्वपाले पार्टीका केन्द्रीय प्रदेश र पालिकाका विभाग प्रमुख, पदाधिकारी र सदस्यको योग्यता तोकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप