आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

चार दिनदेखि बेपत्ता कुवेर दमाई मृत भेटिए

शुक्रबार, १९ साउन २०८०, ०९ : ५७
शुक्रबार, १९ साउन २०८०

कञ्चनपुर  । कञ्चनपुरमा चार दिनदेखि बेपत्ता एकजना मृत भेटिएका छन् । कृष्णपुर नगरपालिका–२ बङ्क नवदुर्गा टोलका ३५ वर्षीय कुवेर दमाई मृत भेटिएका हुन् । 

दमाईको शव घरदेखि करिब पाँच सय मिटर टाढा बन्द नदी किनारमा गाडिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक सूर्यबहादुर शाहीले जानकारी दिए । स्थानीयले बाख्रा चराउन जाने क्रममा नदीको किनारमा खनेको माटो देखेपछि बिहीबार साँझ प्रहरीलाई खबर गरेका थिए । दमाई सोमबारदेखि बेपत्ता थिए । 

“खाल्डोमा सडेगलेको अवस्थामा शव फेला परेको छ”, उनले भने, “हत्या गरिएको हो वा अन्य कारणले मृत्यु भई शव गाडिएको भन्नेबारे पत्ता लगाउन अनुसन्धान जारी छ ।” शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर पठाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप