आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मनकामना इन्जिनियरिङले २२ लाख ७६ हजार कित्ता आईपीओ जारी गर्ने

शुक्रबार, १९ साउन २०८०, ११ : २४
शुक्रबार, १९ साउन २०८०

काठमाडौँ । मनकामना इन्जिनियरिङ हाइड्रोपावरले साउन २८ गतेदेखि सर्वसाधारणका लागि २२ लाख ७६ हजार कित्ता आईपीओ जारी गर्ने भएको छ । कम्पनीले जारी पुँजी ८० करोड रुपैयाँको २५५ प्रतिशत अर्थात् १६ लाख ६० कित्ता प्राथमिक सेयर जारी गर्ने भएको हो । 

साथै स्थानीय बासिन्दाहरूका लागि कम्पनीले बाँकी रहेको ६ लाख १६ हजार ६२० कित्ता सेयर समेत बिक्री गर्ने जनाएको छ । यसरी स्थानीय सर्वसाधारणका लागि कम्पनीले कूल २२ लाख ७६ हजार ६२० कित्ता सेयर जारी गर्नेछ । जसमध्ये कर्मचारीलाई ४० हजार कित्ता र सामूहिक लगानी कोषका लागि १ लाख कित्ता सेयर छुट्याइएको छ । 

कम्पनीले यसअघि जारी पुँजी ८० करोड रुपैयाँको १०५ अर्थात ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्कासन गरेको थियो भने २ करोड रुपैयाँ बराबरको २ लाख कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको थियो । 

कम्पनीको सेयरका लागि इच्छुक लगानीकर्ताले छिटोमा साउन ३१ गतेसम्म र ढिलामा भदौ १० गतेसम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप