आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

रुपसे होलिडेजले ल्यायो श्रीलंका पुगेर नेपालको खेल हेर्ने विशेष प्याकेज

शुक्रबार, १९ साउन २०८०, १६ : ४९
शुक्रबार, १९ साउन २०८०

काठमाडौँ । एसिया कप क्रिकेट प्रतियोगिताको १६औं संस्करण पाकिस्तान र श्रीलंकाले संयुक्त रुपमा आयोजना गर्दैछन् । एसियाली क्रिकेट काउन्सिल (एसीसी) मुख्य आयोजक रहेको उक्त प्रतियोगिता अगस्त ३१ देखि सेप्टेम्बर १७ तारिखसम्म सञ्चालन हुनेछ ।

टेस्ट राष्ट्रहरुको वाहुल्य रहेको उक्त प्रतियोगितामा नेपालले पनि सहभागिता जनाउँदै छ । यतिबेला नेपाली टोली पहिलो पटक एसिया कप खेल्ने तयारीमा ब्यस्त छ । ६ वटा टोलीको सहभागिता रहने उक्त प्रतियोगितामा नेपाल समूह ‘ए’ मा परेको छ ।

नेपालको समूहमा विश्व क्रिकेटका दुई चिरप्रतिद्वनद्वी राष्ट्र भारत र पाकिस्तान पनि परेका छन् । टेस्ट मान्यताप्राप्त भारत र पाकिस्तान विश्व क्रिकेटका हस्ती राष्ट्र हुन् । यी दुबै राष्ट्र एकदिवसीय विश्वकपका पूर्वविजेता पनि हुन् ।

यसका अतिरिक्त समूह ‘बी’ मा श्रीलंका, बंगलादेश र अफगानिस्तान रहेका छन् । श्रीलंका पनि एकदिवसीय विश्वकपको पूर्वविजेता राष्ट्र हो । त्यसलैले पनि आगामी एसिया कप नेपाली टोलीका लागि निकै ठूलो अवसर हो ।

आफूभन्दा निकै बलिया टेस्ट राष्ट्रहरुसँग खेलेर विश्व क्रिकेटको फरक अनुभव बटुल्ने यो गतिलो अवसर हो, नेपाली टोलीका लागि । प्रतियोगिताको मिति नजिकिँदै जाँदा नेपाली टोलीले आफ्नो तयारीलाई पनि तिब्रता दिएको छ ।

प्रतियोगितामा नेपाली टोलीले समूहगत चरणको एउटा खेल पाकिस्तानको मुल्तानमा खेल्नेछ भने बाँकी दुई खेल श्रीलंकाको केन्डीमा खेल्नेछ । त्यसैले आगामी एसिया कपमा नेपाली खेलाडीले एउटा महत्वपूर्ण पक्षको भने अभाव महसुस गर्नेछन् ।

यसअघि एसियाका जुनसुकै देशमा प्रतियोगिता खेल्दा पनि ठूलो संख्यामा नेपाली समर्थक आफ्ना खेलाडीको हौसला बढाउन रंगशाला पुग्थे । चाहे त्यो मलेसिया होस् वा बंगलादेश । तर, क्रिकेटको लोकप्रियता रहेको अन्य राष्ट्रको तुलनामा श्रीलंकामा नेपालीको संख्या निकै कम छ ।

त्यसैले आगामी एसिया कपलाई ध्यानमा राखी काठमाडौंको हात्तिसारस्थित ‘रुपसे होलिडेज प्राली’ ले एउटा योजना अगाडि सारेको छ । उक्त योजनाअन्तर्गत एसिया कपमा नेपाली खेलाडीको हौसला बढाउन श्रीलंका जान चाहने समर्थकहरुका लागि विशेष प्याकेज उपलब्ध गराइने भएको छ ।

‘एसिया कप हेर्न र नेपाली खेलाडीको हौसला बढाउन चाहने दर्शकलाई ध्यानमा राखी हामीले यो योजना ल्याएका हौं । अन्य राष्ट्रमा खेलाडीको हौसला बढाउन ठूलो संख्यामा समर्थकहरु विदेशी भूमिसम्म पुग्ने परम्परा छ । त्यसैले हामीले यो योजना ल्याएका हौं । यो योजनाले एकातिर क्रिकेटप्रेमीको खेल हेर्ने चाहना पूरा गर्नेछ भने अर्कोतिर श्रीलंका घुम्ने सपना पनि पूरा गर्नेछ,’ रुपसे होलिडेजका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत रमेश पराजुली भन्छन् ।

पराजुलीका अनुसार, रुपसे होलिडेजले एसिया कप क्रिकेट आयोजना हुने अवधिमा श्रीलंका भ्रमणका लागि दुईवटा प्याकेज ल्याएको छ । यसैगरी एकमुष्ट पैसा तिर्न नसक्ने क्रिकेट पारखीहरुका लागि किस्ताबन्दीको सुविधासमेत उपलब्ध गराइउको उनले बताएका छन् ।  

‘आगामी एसिया कपलाई ध्यानमा राखी हामीले दुईवटा प्योकज ल्याएका छौं । उक्त प्याकेमा दुईतर्फी हवाई टिकट तथा खाने र बस्ने ब्यवस्थासँगै श्रीलंकाका विभिन्न रमणीय स्थान पनि घुमाइने छ । नेपालको खेल हेर्न रंगशाला प्रवेशका लागि टिकट पनि सोही प्याकेजमा उपलब्ध गराइने छ,’ उनले भने, ‘एकमुष्ट पैसा उपलब्ध गराउन नसक्ने क्रिकेटप्रेमीका लागि हामीले १८ महिनाको किस्ताबन्दीमा पैसा तिर्नसक्ने सुविधा पनि उपलब्ध गराएका छौं ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप