आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

महानगरले हटाउन थाल्यो सामाखुसी खोलामाथि निर्माण गरिएको ‘स्ल्याब’ (तस्बिरहरु)

शुक्रबार, १९ साउन २०८०, १७ : ३४
शुक्रबार, १९ साउन २०८०

काठमाडौँ ।  काठमाडौँको सामाखुसी खोलामाथि निर्माण गरिएको ‘स्ल्याब’ हटाउन सुरु गरिएको छ । काठमाडौँ महानगरपालिका नगर प्रहरीको टोलीले बसुन्धराबाट चौकी, रानीबारी, रेडन, म्हैपी हुँदै विष्णुमती भएर बहने सामाखुसी खोलामाथि निर्माण गरिएको ‘स्ल्याब’ हटाउन थालेको हो ।

महानगर प्रहरीका प्रहरी नायब उपरीक्षक पूर्णचन्द्र भट्टले बसुन्धरादेखि म्हैपीसम्म बहने सामाखुसी खोलामाथि निर्माण गरिएको ‘स्ल्याब’ हटाउन थालिएको जानकारी दिए । काठमाडौँ महानगरपालिकाले उक्त खोलामा झन्डै तीन किलोमिटर स्ल्याब हटाउन लागेको हो । हालसम्म बसुन्धरादेखि चौकी, रानीबारी हुँदै रेडन पुलसम्मको स्ल्याब हटाइसकिएको र म्हैपी क्षेत्रको हटाउने काम जारी रहेको प्रहरी नायब उपरीक्षक भट्टले बताए ।

samakhusi-road-mahanagar (2)

सामाखुसी खोलालाई पुरानै स्वरुपमा ल्याउनका लागि एक महिनादेखि काठमाडौँ महानगरपालिकाले स्ल्याब हटाउन थालेको हो । खोला मिचेर बनाइएका घरहरु पनि बिस्तारै भत्काउने महानगरपालिकाले जनाएको छ । स्थानीय पूर्णकुमार महर्जन र स्याम राईले महानगरको यो काम निकै राम्रो भएको बताए ।  तर अर्का स्थानीय तारादेवी पान्डेले भने स्थानीयले बनाएको यो संरचनामा महानगरले बेवास्ता गरेर डोजर चलाएको भन्दै दुखेसो पोखिन् । 

महानगरपालिकाले खोलाको दायाँबायाँ बाटो निर्माण गरे वृक्षरोपण गर्नेसमेत जनाएको छ । यही साउन ७ गते उक्त खोलामा भानुभक्त स्कुलमा अध्ययनरत १३ वर्षीय बालक साजन मगर खसेका थिए । उनको शव बिहीबार मात्र फेला परेको प्रहरीले जनाएको छ ।

samakhusi-road-mahanagar (3)samakhusi-road-mahanagar (4)samakhusi-road-mahanagar (5)samakhusi-road-mahanagar (6)samakhusi-road-mahanagar (7)samakhusi-road-mahanagar (8)samakhusi-road-mahanagar (9)samakhusi-road-mahanagar (10)samakhusi-road-mahanagar (11)samakhusi-road-mahanagar (12)samakhusi-road-mahanagar (13)samakhusi-road-mahanagar (14)samakhusi-road-mahanagar (15)samakhusi-road-mahanagar (16)samakhusi-road-mahanagar (17)samakhusi-road-mahanagar (18)
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप