आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कांग्रेस लुम्बिनीले भदौको पहिलो साता प्रशिक्षण दिने

शुक्रबार, १९ साउन २०८०, १८ : ३८
शुक्रबार, १९ साउन २०८०

बुटवल । नेपाली कांग्रेस लुम्बिनी प्रदेशले तेस्रो पटक प्रशिक्षण कार्यक्रम आयोजना गर्ने भएको छ । शुक्रवार दाङको भालुबाङस्थित प्रदेश कार्यालयमा बसेको प्रशिक्षण विभागको बैठकले आगामी भदौको पहिलो हप्ता प्रशिक्षण आयोजना गर्ने निर्णय गरेको हो ।

 लुम्बिनी प्रदेशस्थित १२ जिल्ला सभापति, २६ प्रतिनिधि सभा क्षेत्रीय सभापति र ५२  प्रदेश सभा क्षेत्रीय सभापतिको लागि प्रशिक्षण कार्यक्रम गर्न लागिएको प्रदेश उपसभापति एवम् प्रशिक्षण विभाग प्रमुख भुवनप्रसाद श्रेष्ठले जानकारी दिए ।

 नवलपरासी (पश्चिम)मा आयोजना गरिने प्रशिक्षणलाई वरिष्ठ नेता डा शेखर कोइराला लगायतका शीर्ष नेताहरू सम्बोधन गर्ने जनाइएको छ ।

 लुम्बिनी काँग्रेसका सभापति अमरसिंह पुनले समय अनुकूल पार्टी सङ्गठन चलायमान बनाउन तहगत नेतृत्वको लागि प्रशिक्षण दिन लागिएको बताए ।

 उनले प्रशिक्षणपछि  पार्टीको सैद्धान्तिक दृष्टिकोण, कार्यक्रम, आगामी योजना र साङ्गठनिक गतिविधि ग्राउन्ड तहमा पुग्न विशेष आधार तय हुने  बताए ।  प्रशिक्षण विभागले अबदेखि विभिन्न घुम्टी बैठक सञ्चालन गर्ने र आगामी बैठक पाल्पामा आयोजना गरिने जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप