आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जङ्गली च्याउ खाँदा जाजरकोटमा एक किशोरको मृत्यु

शुक्रबार, १९ साउन २०८०, २१ : १६
शुक्रबार, १९ साउन २०८०

जाजरकोट । जङ्गली च्याउ खाँदा यहाँ एक जनाको मृत्यु भएको छ भने एक जना सिकिस्त बिरामी छन् । 

विषालु च्याउ खाँदा बारेकोट गाउँपालिका–४ का १८ वर्षीय तुलबहादुर सार्कीको आज मृत्यु भएको हो । मृतककी ५० वर्षीया आमा किविली सार्की सिकिस्त बिरामी परेको जनाइएको छ् । आमा, छोराले जङ्गलबाट ल्याएको च्याउ खाएका थिए । च्याउ खाएलगत्तै आमाछोरा बेहोस भएका र केही समयमै छोराको मृत्यु भएको गाउँपालिका अध्यक्ष वीरबहादुर गिरीले बताए । 

आमा किविलीको स्थानीय लिम्सास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । उनलाई थप उचारका लागि दल्ली अस्पताल लैजाने तयारी भइरहेको निमित्त प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्माले बताए । जङ्गलमा भेटिएका च्याउ पहिचान नगरेर जथाभावी नखान गाउँपालिका अध्यक्ष गिरीले स्थानीयलाई आग्रह गरेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप