आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
फोटोफिचर

तीन महिनामा १४ हिमाल आरोहण गर्ने कीर्तिमानी पर्वतारोहीलाई स्वागत, तस्बिरहरू हेर्नुहोस्

शनिबार, २० साउन २०८०, १० : ३०
शनिबार, २० साउन २०८०

काठमाडौँ । तीन महिनामा १४ हिमाल आरोहण गरी विश्व कीर्तिमान कायम गरेका दुई जना पर्वतारोहीलाई स्वागत गरिएको छ ।

शनिवार नर्वेकी आरोही क्रिस्टिन हरिला र नेपाली गाइड तेन्जेन (लामा) लाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको हो । शेर्पाले यही साउन ११ गते विश्वको दोस्रो अग्लो केटु हिमालको सफल आरोहण गरेका थिए । पर्यटन मन्त्रालय, पर्यटन विभाग, नेपाल पर्वतारोहण संघ लगायत विभिन्न पर्यटनसँग सम्बन्धित सङ्घसंस्था एवं आरोहीहरू विमानस्थलमा सांस्कृतिक बाजागाजासहित स्वागतका लागि पुगेका थिए । हरिला र शेर्पाले सगरमाथा, कञ्चनजङ्घा, ल्होत्से, मकालु, धौलागिरि, अन्नपूर्ण, मनास्लु, चो ओयु, शिशपाङ्मा, नङ्गा पर्वत, गाशरब्रम–२, गाशरब्रम–१, ब्रोडपिक र केटु हिमालको सफल आरोहण गरिसकेका छन्।

यसअघि यो कीर्तिमान नेपाली मूलका बेलायती पर्वतारोही निर्मल पुर्जाको नाममा रहेको थियो । पुर्जाले सन् २०१९ मा ६ महिना ६ दिनमा यो कीर्तिमान राखेका थिए । पुर्जा अहिले सबै १४ वटा हिमाल बिना अक्सिजन सबैभन्दा चाँडो आरोहण गर्ने प्रयासमा रहेका छन् । 

01-cristin and tenjin  (2)02-cristin and tenjin  (3)03-cristin and tenjin  (4)04-cristin and tenjin  (5)05-cristin and tenjin  (6)06-cristin and tenjin  (7)07-cristin and tenjin  (9)08-cristin and tenjin  (11)09-cristin and tenjin  (1)10-cristin and tenjin  (10)

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप