आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
बजार

सातामा प्रतितोला ४०० रुपैयाँले घट्यो सुनको मूल्य

शनिबार, २० साउन २०८०, १३ : १४
शनिबार, २० साउन २०८०

काठमाडौँ । यो साता नेपाली बजारमा सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत साताको शुक्रबारको तुलनामा ४०० रुपैयाँले सुनको मूल्य घटेको हो । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ६०० रुपैयाँ कायम थियो । जुन यो साताको शुक्रबारसम्म आइपुग्दा ४०० रुपैयाँले घटेर १ लाख १२ हजार २०० रुपैयाँमा आइपुगेको हो ।

यो साताको आइतबार ३०० ले बढेको सुनको मूल्य सोमबार ३०० ले नै घटेको थियो । मंगलबार पुनः ४०० रुपैयाँले बढेर १ लाख १३ हजार रुपैयाँ पुगेको थियो भने बुधबार फेरि ६०० को गिरावट आएको थियो । जसमा बिहिबार २०० रुपैयाँले घटेको सुनको मूल्य शुक्रबार स्थिर कायम थियो ।

यस्तै, यो चाँदीको मूल्यमा प्रतितोला २५ रुपैयाँको गिरावट आएको छ । गत साताको शुक्रबार तोलामा १४ सय ५० रुपैयाँ रहेको चाँदी यो साताको शुक्रबार १४ सय २५ रुपैयाँमा आइपुगेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप