आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

आदित्यसँगको सम्बन्धबारे के भन्छन् अनन्याका पिता चंकी ?

शनिबार, २० साउन २०८०, १४ : ०४
शनिबार, २० साउन २०८०

मुम्बई । अभिनेता आदित्य रोय कपुर र अनन्या पाण्डे बीचको सम्बन्धको खबर यतिबेला चर्चामा छ । युरोप भ्रमणपछि दुवैको सम्बन्धको हल्लाले झनै हावा पाएको छ । यस्तो अवस्थामा अनन्या पाण्डेका बुबा चंकी पाण्डेले हालै रिलेसनसिपका बारेमा खुलेर कुरा गरेका छन् । उनले सम्बन्धबारे अफवाह एक अभिनेताको जीवनको एक महत्वपूर्ण हिस्सा भएको स्पष्टीकरण दिएका हुन् ।

बलिउड बबललाई दिएको अन्तर्वार्तामा चंकी पाण्डेले अनन्याको सम्बन्धको बारेमा आफ्नो धारणा राखेका थिए । कुराकानीको क्रममा चंकीलाई अनन्या र आदित्यको सम्बन्धको बारेमा सोधिएको थियो । अनन्या कुन अभिनेतासँग राम्रो देखिन्छन् ? के उनले अनन्याको प्रेमीलाई अस्वीकार गरेका छन् ? वा उनीसँग डेट गर्ने कुनै पनि पुरुष अभिनेताको लागि उनको शर्त के छ ? भनेर प्रश्न राखिएको थियो ।

चंकीले जवाफमा भनेको, ‘सम्बन्ध बारे अफवाह कुनै पनि अभिनेताको जीवनको सामान्य हिस्सा हो। यो त हुनु नै थियो । हामी ग्ल्यामर पेशामा छौं। यो सबै हुन्छ नै । तपाईले चाहेर पनि रोक्न सक्नुहुन्न। यो पेशामा यो कुरा सामान्य हो । के अनन्या आदित्य रोय कपुरसँग राम्रो देखिन्छिन् भनेर सोध्दा चंकीले विषय परिवर्तन गर्दै अन्य कलाकारको नाम लिए । उनले सुरुमा टाइगर श्राफदेखि लिएर पति पत्नी और वोमा कार्तिक आर्यनसम्म अनन्यासँग काम गरेका सबै कलाकारले उनलाई पर्दामा मन पराएको बताए । अनन्याका लागि यो यात्रा अद्भुत भएको चंकी स्वीकार्छन् । उनले काम गर्ने अवसर पाएकोमा अनन्या भाग्यमानी भएको बताए ।

कुराकानीको क्रममा चंकीलाई अनन्या वा उनकी कान्छी छोरी रइसा पाण्डेको कुनै प्रेमीलाई अस्वीकार गर्नुभएको छ ? भनेर सोधिएको थियो । जवाफमा चंकीले भने–मलाई यसको आवश्यकता नै पर्दैन । उनीहरु आफैंले अस्वीकार गर्छन्। मैले उसलाई भनेको छु कि जो होस्, ऊ म भन्दा राम्रो हुनुपर्छ।’

गत महिना आदित्य र अनन्या स्पेन र पोर्चुगलको भ्रमणमा गएका थिए । सामाजिक सञ्जालमा धेरै तस्विर र भिडियोहरु सार्वजनिक भएका छन्, जसमा दुबै सँगै रमाइलो गरिरहेको देखिएका छन् । यो तस्विरले फेरि एक पटक आदित्य र अनन्याको सम्बन्धको हल्लालाई हावा दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप