आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

विद्यावारिधि गर्दै मेयर बालेन, काठमाडौँ विश्वविद्यालयबाट पाए फेलोसिप

शनिबार, २० साउन २०८०, २० : ०२
शनिबार, २० साउन २०८०

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले विद्यावारिधि (पीएचडी) गर्ने भएका छन् । मेयर शाहले काठमाडौँ विश्वविद्यालयबाट विद्यावारिधि गर्ने भएका हुन् । 

शनिबार सामाजिक सञ्जालमार्फत शाहले काठमाडौँ विश्वविद्यालयले पिएचडीका लागि फेलोसिप प्रदान गरेको जानकारी दिएका छन् । मेयर शाहले आफूले ‘पर्यटन र अर्थतन्त्रलाई प्रवद्र्धन गर्न नेवा सम्पदाको संरक्षण’ शीर्षकमा शोध गर्न लागेको समेत स्पष्ट पारेका छन् ।

उनले भनेका छन् : ‘मेरो पीएचडीको लागि फेलोशिप प्रदान गरेकोमा काठमाडौँ विश्वविद्यालयलाई धन्यवाद। साथीहरु अब ३ वर्षमा डा. बालेन । पीएचडीको लागि मेरो विषय ‘पर्यटन र अर्थतन्त्रलाई प्रवर्द्धन गर्न नेवा सम्पदा संरचनाको संरक्षण’ रहेको छ। ’

बालेनले काठमाडौँ विश्वविद्यालयको सिभिल इन्जिनियरिङ विभागबाट विद्यावारिधि गर्न आवेदन दिएका थिए । एसोसिएट प्रोफेसर डा. श्यामसुन्दर खड्काको मातहतमा रहेर उनले विद्यावारिधि (पीएचडी) गर्ने विश्वविद्यालयले जनाएको छ ।
यस्तो छ बालेनलाई काठमाडौँ विश्वविद्यालयले पठाएको पत्र :

balen

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप