आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जग्गा अधिग्रहणको लागि मुआब्जा तथा क्षतिपूर्ति दाबी गर्न एमसीए नेपालको आग्रह

आइतबार, २१ साउन २०८०, ०९ : १९
आइतबार, २१ साउन २०८०

काठमाडौँ ।  मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए–नेपाल)ले विद्युत् प्रसारण आयोजना अन्तर्गत रातमाटे सब स्टेसन देखि नयाँ दमौली सब स्टेसन खण्ड अन्तर्गत चितवन जिल्लाको इच्छाकामना गाउँपालिका र नवलपरासीको बिनयी त्रिवेणी गाउँपालिकामा पर्ने जग्गा अधिग्रहणको लागि मुआब्जा तथा क्षतिपूर्ति दाबी गर्न आग्रह गरेको छ । 

आज एक सूचना जारी गर्दै एमसीए नेपालले जग्गामा रहेका घर गोठ, टहरा, कटेरा तथा रुख बिरुवा समेत स्थायी रूपमा अधिग्रहण गर्ने प्रयोजन र जग्गाको स्वामित्वमा फरक पर्न गएको भएमा सो समेतको दावीका लागि आग्रह गरेको हो । 

सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र सरोकारवाला व्यक्तिले प्राप्त गरिने जग्गामा यदि कुनै घर, टहरा, रुखविरुवा बालीनाली लगायत अन्य संरचना भए सो समेतको मुआब्जा तथा क्षतिपूर्ति दाबी गर्न आ-आफ्नो हकदैया वा भोगचलन सम्बन्धी निस्सा प्रमाण सहित रितपूर्वकको निवेदन यस कार्यालयमा दिनुहुन जानकारी गराइन्छ, सूचनामा भनिएको छ । 

mcc2

mcc3

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप