आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

६ क्रिकेटरले भारतमा प्रशिक्षण लिने

आइतबार, २१ साउन २०८०, ११ : २५
आइतबार, २१ साउन २०८०

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले ६ जना पुरुष क्रिकेट खेलाडीलाई प्रशिक्षणका लागि भारत पठाउने भएको छ । ती ६ जना खेलाडीले भारतको दिल्लीमा प्रशिक्षण लिनेछन् । प्रशिक्षणका लागि भारत पठाउन लागिएका ६ जना खेलाडीले यसअघि पनि विभिन्न प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । 

त्यसैले उनीहरुको प्रदर्शनमा थप निखार ल्याउने उद्देश्यले प्रशिक्षणका लागि दिल्ली पठाउन लागिएको क्यानले जनाएको छ । क्यानले प्रशिक्षणका लागि दिल्ली पठाउन लागेका खेलाडी कमल ऐरी, विनोद भण्डारी, विवेक यादव, कमल खत्री, सागर ढकाल र लोकेश बम हुन् । 

भारतमा रहँदा नेपाली खेलाडीलाई प्रदीप साहुले प्रशिक्षण गराउने छन् । नेपाली राष्ट्रिय टोलीका प्रमुख प्रशिक्षक मोन्टी देशाईले पनि समय—समयमा आफ्ना खेलाडीहरुको प्रशिक्षणको निरीक्षण गर्नेछन् । प्रशिक्षणबाट नेपाली खेलाडीको क्षमता अभिवृद्धि हुने विश्वास क्यानले लिएको छ ।

प्रदीप साहु क्रिकेट एकेडेमी गुरगाँवमा रहेको छ । युजविन्दर चाहल, पवन नेगी, मनिष शर्मा, आकाश पारकरलगायतका थुप्रै खेलाडी सोही एकेडेमीका उत्पादन हुन् । उक्त एकेडेमीमा विभिन्न उमेर समूहका क्रिकेट खेलाडीलाई प्रशिक्षण दिइन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप