आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

घाँटी रेटिएको अवस्थामा महिलाको शव फेला

आइतबार, २१ साउन २०८०, १४ : १२
आइतबार, २१ साउन २०८०

सल्यान । सल्यानमा घाँटी रेटिएको अवस्थामा एक महिलाको शव फेला परेको छ ।  शारदा नगरपालिका -१४ माल्नेटाकाे कालिमा प्रावि नजिकै स्थानीय अन्दाजी ४७ वर्षकी उर्मिला गिरीको शव फेला परेको हो ।

उनी आइतबार बिहान घर नजिकैको बारीमा घाँस काट्न गएकी थिइन् । १० बजेसम्म पनि घर नफर्केपछि श्रीमान् खड्गबहादुर गिरी खोज्दै जाँदा बारीको डिलमा उनी मृत अवस्थामा फेला परेकी थिइन् ।

जिल्ला प्रहरी कार्यालय सल्यानले घटनालाई हेर्दा महिलाको हत्या गरेको जस्तै देखिएको बताएको छ । यद्यपि घटनाबारे अनुसन्धान हुन भने बाँकी छ । घटनास्थल चारैतिरबाट सुरक्षित गरिएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप