आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
सुन तस्करीमा संलग्न १७ जनालाई पुल्चोकबाट पठाइयो सीआईबीको हिरासतमा (फोटोफिचर)
अवैध सुन प्रकरण

सुन तस्करीमा संलग्न १७ जनालाई पुल्चोकबाट पठाइयो सीआईबीको हिरासतमा (फोटोफिचर)

आइतबार, २१ साउन २०८०

काठमाडौँ । करिब १ सय किलो सुन तस्करीमा संलग्न १७ जना आरोपीतलाई राजस्व अनुसन्धान विभागबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा पठाइएको छ । साउन ३ बाट उनीहरु पुल्चोकस्थित राजस्व अनुसन्धान विभागको हिरासतमा थिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको करिब एक सय किलो सुन कारोबारमा संलग्न आशंकामा राजस्व अनुसन्धान विभागले उनीहरुलाई नियन्त्रणमा लिएको थियो । चिनियाँ नागरिक जिक्वाङ लिन र तिब्बत मूलका भारतीय नागरिक थाप्तेन छिरिङसहित १७ जना हिरासतमा छन् ।

अहिलेसम्मको अनुसन्धान तथ्यसहित पक्राउ परेकाहरुलाई ब्युरोको जिम्मा लगाइएको राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले रातोपाटीलाई बताए ।

असार ३० मा हङकङकबाट काठमाडौँ ल्याइएको सो सुन् ‘रेडी ट्रेड प्रालि’ ले मगाएको अनुसन्धानबाट थाहा भएको छ । रेडी ट्रेडका संचालक दोलखाको मेलुङ गाउँपालिका–३ घर भएका २१ वर्षीय दिलीप भुजेल हुन् । तस्करीमा संलग्न आरोपमा पक्राउ गरिएकी भन्सार एजेन्ट रुक्मिना सुब्बा जिम्मा जमानिमा रिहा भएकी छन् ।

सुन प्रकरणमा हालसम्म पक्राउ

१. राम कुमार भुजेल, दोलखा मेलुङ गाउँपालिका–३ 

२. दिलीप भुजेल, दोलखा मेलुङ गाउँपालिका–३ 

३. हर्कराज राई, भोजपुर अरुण गाउँपालिका–४ 

४. थाप्तेन छिरिङ, भारतीय नागरिक ।

५. राजेन्द्र राई, भन्सार एजेन्ट  (प्रज्ञापनपत्र भरेर सुन जिम्मा लिने)

६. अशोक लामा, ट्याक्सि चालक  (बा.२ च २३२४)

७. जीक्वाङ लिन, ४ साउनमा पक्राउ 

८. राजन श्रेष्ठ, कोटेश्वरबाट 

९. पुष्करराज भट्ट, संचालक ट्रान्स ग्लोबस सर्भिस 

१०. कृष्ण श्रेष्ठ 

११. यादव पराजुली, भन्सार एजेन्ट

१२. सुदर्शन गौतम, भन्सार एजेन्ट 

१३. रुक्मीनासुब्बा, भन्सार एजेन्ट । (जिम्मा जमानीमा रिहा)

१४. सन्तोष चन्द, भन्सार अधिकृत 

१५. कुमार ढकाल, जाँचकी ( विमानस्थल भन्सार कार्यालय)

१६. सरोज श्रेष्ठ, नायब सुब्बा (भन्सारमा एक्स–रे हेर्ने)

१७. सुरेन्द्र तामाङ, नक्सालबाट  (गोदाम खोजिदिएको आरोप)

१८. दावा छिरिङ, सामाखुसीबाट (साउन १४) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया