रोनाल्डोको गोलमा अल–नासर सेमिफाइनलमा
सोमबार, २२ साउन २०८०, ०८ : ५२
राबात । साउदी अरबको टोली अल–नासरले मोरोक्कोको राजा सीएलाई हराउँदै अरब क्लब च्याम्पियन्सीपको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार प्रिन्स सुल्तान बिन अब्दुल अजिज रंगशालामा भएको खेलमा अल–नासर ३–१ गोलले विजयी भएको हो ।
खेलको १९ औँ मिनेटमा स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले गोल गर्दै साउदी टोलीलाई अग्रता दिलाएका थिए । प्रतियोगिताका तीन खेलमा रोनाल्डोको यो दोस्रो गोल थियो ।
१० मिनेटपछि सुल्तान अल–घानामले टोलीको अग्रता दोब्बर बनाए । लगत्तै सेको फोफानाले टोलीलाई ३–० गोलले अग्रता दिलाए । पहिलो हाफको अन्त्यमा राजा सीएले आत्मघाती गोल उपहार पाए पनि खेलमा फर्कन भने सकेन ।