आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

ट्रेजरीमार्फत २६ अर्ब १० करोड आन्तरिक ऋण उठाउँदै सरकार

सोमबार, २२ साउन २०८०, १० : ३०
सोमबार, २२ साउन २०८०

काठमाडौं । ट्रेजरी बिलमार्फत केन्द्रीय बैंकले २६ अर्ब १० करोड रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । बैंकले २८ दिने, ९१ दिने र १८२ दिने गरी तीन किसिमको ट्रेजरी बिलमार्फत उक्त ऋण उठाउने भएको हो । 
बैंकका अनुसार २ अर्ब रुपैयाँ नयाँ (फ्रेस) ट्रेजरी जारी गरेर बाँकी रहेको २४ अर्ब १० करोड रुपैयाँ पुरानै ट्रेजरी बिलको नवीकरण गर्ने भएको हो । 

साउन २२ गते दिउँसो ३ बजे बोलकबोल हुने ट्रेजरीका लागि इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले ३ बजेभित्र आवेदन दिन सक्नेछन् । ट्रेजरीको बिक्री भने मंगलबार साउन २३ गते हुनेछ ।
यसअघि केन्द्रीय बैंकले साउन १५ गते २१ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिक्री गरेको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप