आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेप्से परिसूचक ३ अंकले घट्यो, २ अर्ब ३३ करोडको कारोबार

सोमबार, २२ साउन २०८०, १५ : २२
सोमबार, २२ साउन २०८०

काठमाडौं । सोमबार सेयर बजार परिसूचक नेप्सेमा ३ अंकको गिरावट आएको छ । अघिल्लो दिन ३८ अंकमाथिले घटेको नेप्से सूचकमा आज थप ३.२१ अंकले घट्दै २ हजार ४८.२६ अंकको विन्दुमा झरेको हो । 
यस्तै आज क वर्गको सेन्सेटिभ इन्डेक्स समेत १.५९ अंकले घट्दै ३९०.४३ अंकको विन्दुमा झरेको नेप्सेले जनाएको छ । 

३ अंकमाथिले नेप्से घटेको यस दिन २ अर्ब ३३ करोड ३५ लाख ७३ हजार रुपैयाँ बराबरको ६६ लाख ४७ हजार कित्ता सेयर किनबेच भएको छ । 

आज बैंकिङ, हाइड्रोपावर, इन्भेष्टमेन्ट र अन्य समूहको उपसूचक ऋणात्मक भएको छ भने डेभलपमेन्ट बैंक, फाइनान्स, होटल तथा पर्यटन, लाइफ इन्स्योरेन्स, म्यानु एण्ड प्रो, माइक्रोफाइनान्स, म्युचुअल फण्ड, नन् लाइफ इन्स्योरेन्स र ट्रेडिङ समूहको उपसूचक धनात्मक भएका छन् । 

आज नेपाल रिपब्लिका मिडियाको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ भने गोर्खाज फाइनान्सको ९.७४ प्रतिशतले बढेको छ । यता छ्याङ्दी हाइड्रोपावर कम्पनीको सेयर मूल्य भने ६.४५ प्रतिशतले घट्न पुगेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप