आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

राष्ट्रपति पौडेलसँग इजिप्टका राजदूतको शिष्टाचार भेट

सोमबार, २२ साउन २०८०, १८ : ३३
सोमबार, २२ साउन २०८०

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि इजिप्टका राजदूत नोहा हमदेइ अहमेदले शिष्टाचार भेट गरेका छन् । राष्ट्रपति भवन शीतलनिवासमा सोमबार भएको सो भेटमा उनीहरूबीच दुई देशबीच रहिआएको सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको थियो । 

भेटमा राष्ट्रपति पौडेलले सन् २०२२ मा संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–२७) सफलतापूर्वक सम्पन्न गरेकामा इजिप्ट सरकारलाई बधाई दिएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप