आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

ल्हारक्याल लामा नियुक्तिको कांग्रेसले स्वामित्व बोक्दैन : महामन्त्री शर्मा

सोमबार, २२ साउन २०८०, २० : २०
सोमबार, २२ साउन २०८०

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ल्हारक्याल लामालाई लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्त गर्ने सरकारको निर्णयको स्वामित्व  कांग्रेसले नबोक्ने बताएका छन् । 

सोमबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै महामन्त्री शर्माले सरकारले लुम्बिनी विकास कोषको उपाध्यक्षमा ल्हारक्याल लामालाई नियुक्त गर्नुले गलत सन्देश प्रवाह भएको बताएका हुन् । उनले विवादास्पद छविका लामाको नियुक्तिप्रति कांग्रेसको प्रष्ट विमति रहेको भन्दै सो निर्णयको स्वामित्व कांग्रेसले नलिने बताए । 

महामन्त्री शर्माले सरकारको सो निर्णयप्रति कांग्रेसको आपत्ति रहेको बताए । उनले सरकारको निर्णयप्रति पार्टीबाट सरकारमा समावेश उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङलाई पनि आफूले ध्यानाकर्षण गराएको बताए । लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्त गर्दैगर्दा सम्बन्धित व्यक्तिको छविको विषयमा ध्यान नपु¥याउनु सरकारको गम्भीर गल्ती भएको उनले बताए । 

महामन्त्री शर्माले संसद् अवरुद्ध गरेर बाहिरबाट समाधान खोज्नु संसदीय प्रक्रिया नभएको भन्दै अवरुद्ध संसद् खोलेर बहस गरी निष्कर्षमा पुग्नुपर्ने बताए । उनले हरेक विषय आउनासाथ संसद् अवरोध गरिहाल्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप