आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

केन्द्रीय बैंकले सम्झायो लघुवित्तको दायित्व,  लाभांशको ३५ प्रतिशत रकम कोषलाई छुट्याउनुपर्ने

मङ्गलबार, २३ साउन २०८०, ११ : २२
मङ्गलबार, २३ साउन २०८०

काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय साक्षरतासँगै ऋणीको सुरक्षणमा जोड दिएको छ । लघुवित्त वित्तीय संस्थाहरुबाट सेवाग्राही, ऋणीहरु ठगिने घटना बढेसँगै केन्द्रीय बैंकले लघुवित्तको दायित्व सम्झाएको हो । 

लघुवित्त वित्तीय संस्थाको नाफाको केही हिस्सा ग्राहकको हितमा खर्च  होस् भन्ने उद्देश्यले नाफाको एक प्रतिशत रकम र १५ प्रतिशतभन्दा बढी लाभांश वितरणको प्रस्ताव गरेमा १५ प्रतिशतभन्दा माथिको प्रस्तावित लाभांशको ३५ प्रतिशतले हुने रकम अलग्गै ग्राहक संरक्षण कोष (क्लाइन्ट प्रोटेक्सन फन्ड) मा जम्मा गर्नुपर्ने व्यवस्था छ । 

उक्त फन्डको पैसा लघुवित्त वित्तीय संस्थाले समस्यामा परेका ऋणीको व्यवसायको सुरक्षण एवम् पुनस्र्थापना गर्न, ग्राहकको शिक्षा र क्षमता विकास गर्न, ग्राहकका सन्तानको विद्यालयस्तरको शिक्षा, स्वास्थ्य तथा पोषण जस्ता सामूहिक हित हुने कार्यमा मात्र खर्च गर्नुपर्छ । 

यस्तै थोक कर्जा उपलब्ध गराउने लघुवित्त वित्तीय संस्थाले यस्तो कोषको रकम ग्राहक संस्थाका सदस्यको वित्तीय साक्षरता अभिवृद्धिसम्बन्धी कार्यक्रममा समेत खर्च गर्न सक्दछन् । यसरी खर्च भएको रकमसम्बन्धी विवरण संस्थाको वार्षिक प्रतिवेदनमा स्पष्ट रुपमा खुलाउनुपर्दछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप