आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठविरुद्ध उजुरी आह्वान

मङ्गलबार, २३ साउन २०८०, १३ : २९
मङ्गलबार, २३ साउन २०८०

काठमाडौँ ।  संसदीय सुनुवाइ विशेष समितिले सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ विरुद्ध उजुरी आह्वान गरेको छ ।  मंगलबार बसेको समितिको बैठकमा सुनुवाइको प्रक्रिया अघि बढाउँदै उजुरी आह्वानको निर्णय भएको हो । 

निर्णयअनुसार श्रेष्ठ विरुद्ध उजुरी आह्वान गर्न सार्वजनिक सूचना जारी गरिनेछ । उजुरीका लागि १० दिनको समय दिने ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले जानकारी दिए । 

गत साउन १८ गते बसेको संवैधानिक परिषद्को बैठकले वरिष्ठ न्यायाधीश श्रेष्ठलाई सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो । संसदीय सुनुवाइ प्रक्रिया पुरा भएर अनुमोदन भएपछि उनी सर्वोच्चको प्रधानन्यायाधीश बन्नेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप