आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

छैटौँ संस्करणको बीआईबी उपत्यका स्तरीय अन्तरविद्यालय बास्केटबल प्रतिस्पर्धा सुरु

मङ्गलबार, २३ साउन २०८०, १५ : ३५
मङ्गलबार, २३ साउन २०८०

काठमाडौँ । विद्यार्थीको बास्केटबल प्रति लगाव र रुचि बढाउनको लागि छैटौँ संस्करणको बीआईबी उपत्यकास्तरीय अन्तरविद्यालय बास्केटबल प्रतिस्पर्धा सुरु भएको छ । सन् २०१६ देखि सुरु भएको यो उपत्यका स्तरीय खेलमा छात्र र छात्रा गरी २४ र १६ टिम सहभागी छन् ।

‘हामी अहिले उपत्यका केन्द्रित रहेर यो प्रतियोगिता आयोजना गरिरहेका छौँ तर अब करिब २ वर्षमा हामी यसलाई राष्ट्रिय स्तरमा लैजाने तयारी गरिरहेका छौँ,’ विद्यालयका प्रधानाध्यापक हरि लामाले रातोपाटीलाई बताए ।

school basketball (1)

कुल १० लाख बजेटसहित मंगलबारदेखि सुरु भएको यो प्रतियोगितामा २९ स्कुल सहभागी छन् । विजेता र उपविजेता स्कुललाई ट्रफीका साथ बिदाइ गरिनेछ ।

सन् २०२० र २०२१ मा कोभिडको कारण सम्पन्न हुन नसकेको यो प्रतियोगितामा सहभागी हुने स्कुलको सङ्ख्या बढ्दै गएको छ । अघिल्लो वर्ष छात्रतर्फ १६ स्कुल र छात्रातर्फ १२ स्कुल रहेकोमा यो वर्ष बढेर २४ र १६ स्कुल पुगेको छ ।

school basketball (2)

अघिल्लो संस्करणमा बुद्ध एकेडेमीले छात्रतर्फको स्पर्धामा जित हासिल गरेको थियो भने छात्रातर्फ भने भक्तपुर निष्ट विजेता बनेको थियो ।

“विद्यार्थीहरूमा खेलकुद प्रतिको रुचि बढाउनको लागि हामीले यस किसिमको प्रतियोगिता आयोजना गर्दैछौँ । यसका साथै विभिन्न स्कूलहरुबीच समन्वय र सहकार्य बढाउन जुन कुरा विद्यार्थीको हकमा पनि लागु हुन्छ त्यसमा केन्द्रित भएर हामी अघि बढिरहेका छौँ ।” सहायक प्रिन्सिपल दीपेश महर्जनले रातोपाटीलाई भने । 

school basketball (3)

१८ दिनसम्म चल्ने यो प्रतियोगिता छात्रतर्फ ३ टिमको आठ समूह र छात्रातर्फ ४ टिमको ४ समूह फर्म्याटमा हुनेछ । लिग कम नक आउट अनुसार चल्ने यो खेलका सबै नियमहरू फिबा अनुसार हुने आयोजकले जानकारी दिएको छ ।

“धेरै वर्ष पहिला जब हामी खेल्ने गर्थ्यौँ त्यो बेला हामी सबै टिभीमा हेर्थ्यौँ र कोचहरूसँग त्यति अभ्यस्त थिएनौँ । तर अहिले त्यो अवस्था फेरिएको छ । अहिलेका विद्यार्थीले त्यो भन्दा फरक सुविधा पाइरहेका छन् । जे कुरा हामीले पहिला पाएनौँ त्यो अहिले हामीले दिने कोसिस गरिरहेका छौँ,,” पूर्व राष्ट्रिय बास्केटबल खेलाडी तथा आयोजक कमिटीका एक सदस्य सुब्रत राजोपाध्यायले रातोपाटीलाई भने ।

school basketball (4)school basketball (5)school basketball (6)school basketball (7)school basketball (8)school basketball (9)

school basketball (11)school basketball (12)school basketball (13)school basketball (14)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप