आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
सडक दुर्घटना

राेल्पा बस दुर्घटना अपडेट : ४ जनाकाे मृत्यु, १९ घाइते

मङ्गलबार, २३ साउन २०८०, १६ : ०६
मङ्गलबार, २३ साउन २०८०

बुटवल । रोल्पामा मंगरबार दिउँसो भएको बस दुर्घटनामा चार जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी श्याम सारु मगरले दुर्घटनामा एक महिला र तीन पुरुष गरी चार जनाको मृत्यु भएको जानकारी दिएका हुन्  । उनीहरुको सनाखत हुन भने बाँकी रहेको छ ।

घटनामा १९ जना घाइते भएको मगरको भनाई छ । सहिद मार्गअन्तर्गत रोल्पा बागमाराबाट दाङ घोराहीका लागि छुटेको ना ५ ख २६१२ नम्बरको बस रोल्पाको त्रिबेणी गाउँपालिका – ७ को तिलामा  दिउँसो १ बजेतिर दुर्घटना भएको थियो ।

प्रहरीका अनुसार बस सडकदेखि झन्डै एक सय ५० मिटर तल खसेको थियो ।  बसमा २५ जना यात्रु सवार रहेका थिए ।  दुर्घटना लगतै चालक फरार भएका थिए । एक घन्टापछि उनी सम्पर्कमा आएको डीएसपी मगरले बताए ।

जिल्ला प्रहरी कार्यालयका अनुसार सात जना घाइतेलाई थप उपचारका लागि दाङको घोराहीतर्फ पठाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप