आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
संसद्

संसद् अवरोध वा विघटनका लागि हैन : गृहमन्त्री श्रेष्ठ

मङ्गलबार, २३ साउन २०८०, १७ : ५९
मङ्गलबार, २३ साउन २०८०

काठमाडौँ । गृहमन्त्री नारायणकाजी श्रेष्ठले संसद् अवरोध वा विघटनका लागि नभएको बताएका छन् । संसद् वादविवाद संवाद गरी जनताका आवाज मुखरित गर्दै जनताका समस्या समाधान गर्दै राष्ट्रलाई निकास दिने थलोको रुपमा रहेको उनले बताए । 

मंगलबार प्रतिनिधिसभाको बैठकमा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिने क्रममा गृहमन्त्री श्रेष्ठले संसदमा सांसदहरुले प्रश्न सोध्ने र आफूले जवाफ दिने अवसर दिएकोमा प्रमुख प्रतिपक्ष दललाई धन्यवाद दिए । उनले आगामी दिनमा संसद् निरन्तर सञ्चालन हुने विश्वास व्यक्त गरेका छन् ।

गृहमन्त्री श्रेष्ठले नेपालको राजनीतिक परिवर्तन राजनीतिक क्षेत्रको उपलब्धिका लागि मात्र नभई जनतालाई आफ्नो जीवन परिवर्तनको अनुभूति दिने हुनुपर्नेमा जोड दिएका छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप