आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

योगाज र तिलस्मी ल्याए  ‘राजा ल्याऊँ देश बचाऊँ’ गीत

मङ्गलबार, २३ साउन २०८०

काठमाडौँ । ‘राजा आउँ देश बचाउ’  राजसंस्था पक्षधरहरुले सडक आन्दोलन गर्दा सबैभन्दा बढी लगाउने नारा हो  । यही नाराबाट गीत समेत बनेको छ ।

सर्लाहीका गायक योगाज राजनले यो गीत निर्माण गरेका हुन्  । युट्युबमा सार्वजनिक गीतमा राजनलाई तिलस्मी खड्काले स्वर दिएकी छन् । तिलस्मी राजनकी छोरी हुन् ।

राजसंस्था पुनर्स्थापना निम्ति भएका आन्दोलन, राजा महेन्द्रदेखि पारससम्मका भिडियो फुटेज तथा राजसंस्था पक्षधर विभिन्न नेताहरुका भाषणका क्लिपहरूसमेत राखेर भिडियोलाई रोचक बनाइएको छ ।

गायक खड्काले देशमा राष्ट्रिय एकताको प्रतिकका रूपमा राजसंस्थाको आवश्यकता जनतालाई थप महसुस गराउन यो गीत ल्याएको बताए । 

गीतले बैंक तथा वित्तीय संस्थाहरुले जनतालाई चर्को ब्याजदर थोपरेर मर्नु न बाँच्नुको अवस्थामा पुर्‍याइरहेको अवस्थालाई पनि बोलेको छ ।

२०५७ सालमा उनले ‘गरौँ चिनाजानी’ नामको गीति एल्बम ल्याएका थिए । त्यसको ६ वर्षपछि २०६३ सालमा उनले ‘स्कुल क्याम्पस’ नामको दोस्रो एल्बम सार्वजनिक गरे । दुवै एल्बमका गीतहरू विशुद्ध मनोरञ्जनात्मक थिए ।

तिलस्मीले २०७६ सालमा पौडी खेलाडी गौरीका सिंहमा समर्पित गीत ‘हिप हिप हुर्रे गौरीका’ मा स्वर दिएकी थिइन् । गौरीकाले खेलमा ४ स्वर्णपदकसहित नौवटा पदक जितेकी थिइन् ।  

गीतमा शब्द र संगीत राजनकै छ । डीजेएलएक्स पौडेलको एरेन्ज रहेको गीतको भिडियो निर्देशन र सम्पादन अरुण लम्सालले गरेका छन्  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया