आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सिटिजन्य सुपर ३० म्यूचुअल फण्डको इकाई नेप्सेमा सूचीकृत

मङ्गलबार, २३ साउन २०८०, १९ : ०६
मङ्गलबार, २३ साउन २०८०

काठमाडौँ । सिटिजन्स क्यापिटल लिमिटेडले सिटिजन्स सुपर ३० म्युचुअल फण्डको इकाई नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत गरेको छ । कम्पनीले मंगलबार ७ करोड ५० लाख ७२ हजार ३९० इकाई नेप्सेमा सूचीकृत गरेको हो । 

नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्की र क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सबिर लगायतको उपस्थितिमा इकाई सूचीकरण भएको बताइएको छ । अब  बुधबारदेखि नै म्युचुअल फण्ड योजनाको दोस्रो बजारमा कारोबार गर्न सकिने क्यापिटलले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप