आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
तस्बिरमा हेर्नुहोस् मच्छिन्द्रको रोमाञ्चक जीत
एएफसी कप

तस्बिरमा हेर्नुहोस् मच्छिन्द्रको रोमाञ्चक जीत

मङ्गलबार, २३ साउन २०८०

काठमाडौँ । मच्छिन्द्र फुटबल क्लब एएफसी कप प्रारम्भिक चरणको छनोटमा संघर्षपूर्ण जीत निकाल्दै भारतीय क्लब मोहन बगानसँगको भेट पक्का गरेको छ । मच्छिन्द्रले मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पारो एफसीमाथि ३–२ को संघर्षपूर्ण जीत निकाल्दै दोस्रो चरणमा स्थान बनाएको हो । 

भुटानको शीर्ष डिभिजन च्याम्पियन पारोले गोल गर्दै अग्रता बनाए पनि जित निकाल्न सकेन । अब मच्छिन्द्रले दोस्रो चरणको खेलमा भारतीय क्लब मोहन बगानसँग अगस्ट १६ मा प्रतिस्पर्धा गर्दै छ । पहिलो हाफमा पारो ३–१ ले पछि प¥यो । तर, खेलको दोस्रो हाफमा सुधारिएको प्रदर्शन गर्दै एक गोल फर्काए पनि पारोले जित आत्मसाथ गर्न सकेन ।

खेलको सातौँ मिनेटमा पाराले अग्रता लिएको थियो । काजुओ होमाको गोलबाट पाराले अग्रता लिए पनि मच्छिन्द्र छिट्टै खेलमा फर्कियो । १२औँ मिनेटमा आयुष घलानको क्रसमा विमल घर्तिमगरको हेडरमार्फत मच्छिन्द्र खेलमा फर्कियो । १५औँ मिनेटमा मच्छिन्द्रले अर्को गोल गर्‍यो । विमलको पासमा आयुषले गोल गर्दै मच्छिन्द्रलाई अग्रता दिलाए । २७औँ मिनेटमा विमलको अर्को लामो प्रयास पहिलो बार हुँदै बाहिरियो । ३९औँ मिनेटमा ओमुलाजा करिमको क्रसमा अफिज ओलावालेले हेडर गरे ।

४३औँ मिनेटमा उत्सव राईले डिबक्स बाहिरबाट सशक्त प्रहार गरे पनि पोस्टको दिसामा राख्न सकेनन् । ४९औँ मिनेटमा सनीष श्रेष्ठले डिबक्स भित्रबाट पाएको अवसर सदुपयोग गर्न सकेनन् । उनको प्रहार माथिल्लो बारबाट अकासियो । ५७औँ मिनेटमा एसी दोङ पेनाल्टी बक्स भित्रबाट गरेको प्रहार मच्छिन्द्रका गोलकिपर विशाल श्रेष्ठले सहजै नियन्त्रणमा लिए । ६०औँ मिनेटमा इभान असान्तेको प्रहार पनि विशालले सहजै नियन्त्रणमा राखे । त्यसको सात मिनेटपछि मच्छिन्द्रका आशिष चौधरीको पेनाल्टी बक्स बाहिरको प्रहार गोलमा परिणत हुन सकेन ।

७१औँ मिनेटमा इभान्सले लामो पास नियन्त्रण लिँदै गोल गरेका थिए । त्यो गोलसँगै पाराले खेलमा फर्किने आशा देखायो । ८९औँ मिनेटमा डिबक्स भित्रबाट काजुओ होमाको प्रहार मच्छिन्द्रका गोलकिपर विशालले उत्कृष्ट बचाउ गरे । इन्जुरी समयमा विमलले खाली पोस्टमा गोल गर्न चुके । आशिषले दिएको पासमा गोलकिपर ग्याल्छेन ग्याङ्पो पनि बिट भएको अवस्थामा उनले गोल गर्न सकेनन् । यद्यपि, मच्छिन्द्रले जित निकाल्दै दोस्रो प्रयासमा एएफसी कप प्रारम्भिक चरण छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ । 

यसअघि पहिलो सिजनमा भने मच्छिन्द्र प्रारम्भिक चरणको छनोटको पहिलो चरणमा नै श्रीलंकको ब्लु स्टारसँग २–१ ले स्तब्ध भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया