आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सरकारको निर्णयबारे छलफल गर्न जसपाले बोलायो आकस्मिक बैठक

बुधबार, २४ साउन २०८०, १० : ४५
बुधबार, २४ साउन २०८०

काठमाडौँ । सरकारले गौर हत्याकाण्डको छानबिन गर्ने भएपछि जनता समाजवादी पार्टी नेपालले आकस्मिक रुपमा कार्यकारिणी समितिको बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय, बालकुमारी ललितपुरमा आकस्मिक रुपमा बोलाइएको सो कार्यकारिणी समितिको बैठकले गौर हत्याकाण्ड छानबिन गर्ने पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले समिति बनाउने बिषयमा छलफल हुनेछ । बैठक ११ बजेबाट सुरु हुनेछ । 

‘प्रधानमन्त्रीले गौर हत्याकाण्डका बारेमा छानबिन समिति बनाउन सहमति जनाएपछि त्यसबाट उत्पन्न परिस्थितिका बारेमा आजको बैठकमा छलफल हुनेछ, सो छलफल पछि पार्टीले आफनो धारणा सार्वजनिक गर्नेछ’ एक नेताले भने ।

हिजो सरकार र गौर हत्याकाण्ड पीडित संघर्ष समिति बीचमा सहमति भएको थियो । उनका अनुसार उक्त सहमतिअनुसार पार्टी अध्यक्ष उपेन्द्र यादवलाई फसाउनका लागि सरकारले उक्त समिति बनाउन लागेको बुझाई जसपा, नेपालको रहेको छ । उक्त हत्याकाण्ड छानबिन बिरुद्ध जसपाले घटनास्थल, गौर लक्षित आन्दोलनको कार्यक्रम गर्न सक्ने उनले जनाएका छन् । 

सरकारको सो सहमतिलाई लिएर अध्यक्ष यादवले सत्तारुढ गठबन्धनका प्रमुख दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि छलफल गरिसकेका छन् । स्रोतका अनुसार ‘आफुलाई फसाउनका लागि’ उक्त समिति बनाउन लागेको यादवले सभापति देउवासमक्ष गुनासोसम्म राखिसकेका छन् ।   उनले सो बिषयलाई लिएर हिजो आफना पार्टीका शीर्ष नेता र सांसदहरुसँग पनि छलफल गरेका थिए । 
  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप