आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

राष्ट्र बैंकले पेन्सन कोषको १ अर्ब १५ करोड ब्याजमा लगानी गर्ने

बुधबार, २४ साउन २०८०, १२ : ५५
बुधबार, २४ साउन २०८०

काठमाडौँ । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषको १ अर्ब १५ करोड रुपैयाँ ब्याजमा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले २०८० भदौ ३ गतेदेखि आगामी वर्ष २०८१ भदौ ३ गतेसम्म कुल ३६६ दिनका लागि उक्त रकम मुद्दती निक्षेपमा राख्ने भएको हो । 

मंगलबार एक सूचना जारी गर्दै केन्द्रीय बैंकले इच्छुक बैंक तथा वित्तीय संस्थालाई दरखास्त आह्वान गरेको छ । निक्षेप चाहने बैंक तथा वित्तीय संस्थाहरुले साउन २३ गतेदेखि साउन २५ गते बेलुका ७ बजेभित्र आवेदन दिन सक्नेछन् । 

इच्छुक बैंक तथा वित्तीय संस्थाले उचित ब्याजदर प्रस्तावसहित आफुले चाहेको निक्षेपका लागि तोकिएको समय सीमाभित्र आवेदन दिन सक्नेछन् । तर निक्षेपका लागि तोकिएको शर्त भने पुरा गर्नुपर्नेछ । 

केन्द्रीय बैंकका अनुसार कूल १ अर्ब १५ करोड रुपैयाँ मध्य ९२ करोड रुपैयाँ क वर्गका वाणिज्य बैंकहरुका लागि छुट्याइएको छ भने १७ करोड २५ लाख रुपैयाँ ख वर्गका विकास बैंकहरुका लागि र ५ करोड ७५ लाख रुपैयाँ ग वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीहरुका लागि छुट्याइएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप