आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
संसद बैठक

छानबिन समितिको माग गर्दै एमालेद्वारा प्रतिनिधिसभा बैठक अवरुद्ध

बुधबार, २४ साउन २०८०, २३ : १६
बुधबार, २४ साउन २०८०

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको छ । बुधबार दिउँसो १ बजेको बैठकमा सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानबिन समितिको माग गर्दै बैठक अवरुद्ध गरेको हो ।

बैठकको सुरुवातमै एमाले सांसदहरु आसनबाट उठेर छानबिन समितिको माग गर्दै विरोध जनाएका थिए । सभामुख देवराज घिमिरेले एमाले सांसद सुर्य थापालाई बोल्न समय दिएपछि सत्तापक्ष माओवादी, कांग्रेस, जसपाका सांसदहरु पनि विरोधमा उभिएका थिए । 

एमाले सांसद थापाले तस्करीको सुन समातेको २२ दिन पुगिसक्दा पनि सरकारले छानबिन समिति गठन नभएको भन्दै आपत्ति जनाए । थापाले बोलेपछि एमाले सांसदहरुले सभामुखको वेल घेराउ गर्दै उच्चस्तरीय छानबिन समिति गठन गर भन्दै नाराबाजी गरे । 

सभामुख देवराज घिमिरेले आफ्नो आशनमा फर्किएर बैठक सुचारु गर्न आग्रह गरेपनि एमाले सांसदहरुले नाराबाजी कायम राखे ।  अवरोध र नाराबाजी कायम रहेपछि सभामुखले साउन २६ गते शुक्रबार दिँउसो १ बजेसम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित गरेका छन् । तस्बिर: कृष्ण खड्का/रातोपाटी

uml-samsad (3)uml-samsad (5)uml-samsad (6)uml-samsad (7)uml-samsad (8)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप