आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
सानेपामा तनाव

नेविसंघका दुई समूहको नाराबाजीले सानेपामा तनाव, तस्बिरहरू

बुधबार, २४ साउन २०८०, १५ : ०७
बुधबार, २४ साउन २०८०

काठमाडौँ । नेपाल विद्यार्थी संघ (नेविसंघ)का दुई समूहबीच माउ पार्टी कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा नाराबाजी भएको छ । सोमबार पार्टी सभापति शेरबहादुर देउवाले विधान विपरीत नेविसंघको केन्द्रीय तदर्थ समिति विस्तार गरेको भन्दै असन्तुष्ट विद्यार्थीहरू विरोधमा उत्रिएका हुन् । 

विद्यार्थी नेताहरू योगेन्द्र रावल, अशोक विष्ट, विनोद शाही लगायतको समूह नेविसंघको समान्तर कमिटी घोषणाका लागि सानेपा पुगेका थिए । प्रहरी परिचालन गरेर उनीहरूलाई पार्टी कार्यालय प्रवेशमा रोक लगाइएको छ । कमिटी विस्तारको विरोध भएपछि नेविसंघ अध्यक्ष दुजाङ शेर्पा समर्थक विद्यार्थीहरू सानेपा पुगेर प्रतिवादमा उत्रिए । 

दुई समूहबीच झडपको अवस्था सिर्जना भएपछि प्रहरीले रोकेको थियो । पार्टी कार्यालय प्रवेशमा रोक लगाएपछि भोलि सभापति देउवाको घर घेर्ने नेता रावलले चेतावनी दिएका थिए ।

nebisangh sanepa narabaji (1)nebisangh sanepa narabaji (2)nebisangh sanepa narabaji (4)nebisangh sanepa narabaji (5)nebisangh sanepa narabaji (6)nebisangh sanepa narabaji (7)nebisangh sanepa narabaji (8)nebisangh sanepa narabaji (9)nebisangh sanepa narabaji (10)nebisangh sanepa narabaji (11)nebisangh sanepa narabaji (12)nebisangh sanepa narabaji (13)nebisangh sanepa narabaji (14)nebisangh sanepa narabaji (15)nebisangh sanepa narabaji (16)nebisangh sanepa narabaji (17)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप